शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

यो वर्ष पनि गाईजात्रा औपचारिकतामै सीमित रहने

३० श्रावण, २०७८ १८:५२ मा प्रकाशित

486 पटक पढिएको

gai jatra bhaktapur

काठमाडौं – यस वर्ष भदौ ७ गते पर्ने गाईजात्रा अर्थात् सापारु पर्व भक्तपुरमा औपचारिकतामा मात्रै सीमित गरी मनाइने भएको छ । भक्तपुर नगरपालिकाले कोभिड–१९ सङ्क्रमणको जोखिमलाई ध्यानमा राख्दै यस वर्षको गुन्हीपुन्ही अर्थात् जनैपूर्णिमा र गाईजात्रा पर्व औपचारिकतामा मात्र सीमित गरी मनाउने निर्णय गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए।

“कोरोना महामारीको जोखिम कायमै रहेकाले नगरपालिकाले जनैपूर्णिमामा भीडभाड गरेर मेला भर्न र गाईजात्रामा घिन्ताङघिसी एवं सांस्कृतिक प्रदर्शनी नगरी औपचारिकतामा मात्रै सीमित गर्न आफ्ना नागरिकमा अनुरोध गरेको छौँ । प्रजापतिले बताए ।

नगरपालिकाले गाईजात्रा पर्वको दिन ताहा मचाँ नगर परिक्रमा गराइँदा हरेक टोलीमा बढीमा २० जनासम्म मात्र सहभागी गराउन अनुरोध गर्ने निर्णय गरेको छ । नगरपालिकाभित्रका सबै वडाका सांस्कृतिक गुरु एवं सांस्कृतिक प्रतिनिधि र जनप्रतिनिधिसहितको भेलाले यो निर्णय गरेको हो ।

भेलाले कोरोना सङ्क्रमणको जोखिम यथावत रहेको हुँदा गाईजात्रालाई गत वर्ष जस्तै औपचारिकतामा सीमित गर्नुपर्ने, गाईजात्रा प्रदक्षिणा मार्गमा आवश्यक सरसफाइ र क्लोरिन छर्कनुपर्ने, कोभिडबारे जनतालाई सचेत गर्न माइकिङ गर्नुपर्ने, गाईजात्रा व्यवस्थित गर्न स्वयंसेवक परिचालन गर्नुपर्नेलगायतका सुझाव दिएपछि नगरपालिकाले यस्तो निर्णय गरेको हो ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome