सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सेयर बजारमा नयाँ रेकर्ड : एकैदिन २१ अर्ब बढीको कारोबार

३१ श्रावण, २०७८ १७:२८ मा प्रकाशित

407 पटक पढिएको

stock market nepal

काठमाडौं – सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ। एकैदिन २१ अर्ब भन्दा बढी रुपैयाँको कारोबार भएर नयाँ रेकर्ड कायम भएको हो। आज २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ बराबरको सेयर कारोबार भएको छ।

तर, सेयर कारोबार मापक नेप्से परिसूचक भने २४.८८ अंकले घटेर ३१५४.०३ अंकमा पुगेको छ। नेप्से परिसूच घटे पनि कारोबार रकममा भने उत्साह देखिएको छ । आइतबार २२२ कम्पनीको ३ करोड ५५ लाख ५० हजार ६८८ सेयर २१ अर्ब ६४ करोड ७६ लाख ६ सय ५५ खरिद-बिक्री भएको हो।

आइतबार कारोबारमा आएका १३ उपसमूहमध्ये माइक्रोफाइनान्स र उत्पादन मूलक कम्पनीहरुको सेयर कारोबार बढेको छ। खानीखोला हाइड्रोपवार, युनियन लाइफ इन्स्योरेन्स, जीवन विकास लघुवित्त वित्तीय संस्थाको सेयर कारोबार १० प्रतिशतले बढेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome