शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

गोर्खा सैनिकका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण

३१ श्रावण, २०७८ १७:३१ मा प्रकाशित

326 पटक पढिएको

pradeep kumar gyawali

काठमाडौं – नेकपा एमालेले गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ। आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायत सरकारसँग कुटनीतिक पहलबाट सैनिकका समस्या समाधान गर्न सरकारको ध्यानाकषर्ण गराएका हुन्।

नेता ज्ञवालीले बेलायती सेनाबाट अवकाश प्राप्त गोर्खा सैनिकहरुले बेलायती सहकर्मीसरह पेन्सनलगायत समान सुविधाको माग गर्दै लामो समयदेखि आन्दोलित हुँदै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्याको समाधान गर्न सरकारको ध्यानाकर्षण गराएका हुन्।

‘ यस सन्दर्भमा, पूर्ववर्ती सरकारले भूपू गोर्खा सैनिकहरुका सरोकारलाई सम्बोधन गर्न बेलायती सरकारलाई बारम्बार आग्रह गरेको, तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धीको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राख्नुभएको र दुई देशबीच गोर्खा सैनिक विषयमा निरन्तर छलफल गर्दै जाने सहमति भएको प्रसङ्ग स्मरणीय छ । तसर्थ समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायतबीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर यस समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कुटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

एमालेले बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज र मानवीय रहेको ठहर गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome