शुक्रबार, १० मंसिर २०७८
शुक्रबार, १० मंसिर २०७८

IT Training Nepal

दलसम्बन्धी विधेयकको देशभर विरोध गर्ने एमालेको घोषणा

१ भाद्र, २०७८ १७:३३ मा प्रकाशित

215 पटक पढिएको

ncp uml office

काठमाडौं – नेकपा एमालेले दल विभाजन सम्बन्धी विधेयकको कडा शब्दमा विरोध गर्ने जनाएको छ । मंगलबार २ बजेपछि बसेको बैठकको क्रममा अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी ओलीले जनप्रतिनिधि सहित सबै कार्यकर्तालाई विधेयकको विरोध गर्न निर्देशन दिएका छन् ।

“अध्यक्षज्यूले असंवैधानिक रुपमा ल्याइएको विधेयकको विरोध गर्न सबैलाई निर्देशन दिनुभयो” पूर्वमन्त्री समेत रहेका एमाले नेता रामवीर मानन्धरले बताए ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले दल विभाजन सम्बन्धी विधेयक सिफारिस गरेकोमा एमालेका नेताहरुले कडा शब्दमा विरोध जनाएका छन् । नेता मानन्धरका अनुसार उनीहरुले विधेयकको विरोधमा शान्तिपूर्ण रुपमा आन्दोलन समेत गर्ने भएका छन् । अब चाँडै नै शान्तिपूर्ण रुपमा देशभरबाट विधेयकको विरोध हुने नेता मानन्धरले बताए । एमालेले यसअघि नै विधेयकको प्रतिवाद गर्न सबैलाई निर्देशन दिएको हो । मंगलबारको बैठकमार्फत अध्यक्ष ओलीले सबै कार्यकर्तालाई निर्देशन दिएका हुन् ।

यसवाहेक माधव नेपाल समूहका नेताको रुपमा चिनिने गोकर्ण विष्टले समेत विधेयकको विरोध गरेका छन् । उनले यसलाई खेदजनक भन्दै कडा रुपका टिप्पणी गरेका छन् । नेता विष्टले भनेका छन्, “लोकतान्त्रिक अभ्यास र संविधानको मर्म विपरित दल बिभाजन सम्बन्धी अध्यादेश ल्याउने सरकारको निर्णय अत्यन्तै खेदजनक छ । यसले दलभित्र उत्पन्न हुने अन्तरबिरोध र समस्यालाई दलभित्रै विधिसम्मत ढङ्गले समाधान खोज्नुको सट्टा बिभाजनलाई प्रोत्साहित गर्नेछ । राजनीतिक अस्थिरता, अन्यौलता र अराजकता सृजना गर्नेछ । दलहरुप्रति विकर्षण र वितृष्णा पैदा गर्नेछ । अन्ततः यसले नेपालको राजनीतिमा दुस्खद परिणाम निम्त्याउने छ । यसप्रकारको प्रतिगामी निर्णयको सबैले बिरोध गरौँ । फिर्ता लिन बाध्य पारौँ ।”

निर्वाचन आयोगमा एमालेले पठायो नयाँ केन्द्रीय कमिटी

नेकपा एमालेले केन्द्रीय कमिटीको परिमार्जित सूची निर्वाचन आयोगमा दर्ता गरेको छ ।

प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार एमालेले मंगलबार २६० जना सदस्यको सूची आयोगमा पठाएको हो । नेकपा एमालेमा यसअघि २६४ केन्द्रीय सदस्य थिए । मंगलबार दिउँसो बसेको स्थायी समिति बैठकले नयाँ सूची पठाउने निर्णय गरेको थियो ।

मन्त्रिपरिषद बैठकले दल विभाजन सम्बन्धी अध्यादेश ल्याएपछि एमालेले नयाँ सूची अध्यावधिक गरेको हो । यससँगै शेरबहादुर देउवा नेतृत्वको सरकारले ल्याएको अध्यादेशको प्रतिवाद गर्ने भन्दै एमाले नेताहरुले चेतावनी दिएका छन् । राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेशबाट नेकपा एमाले र जनता समाजवादी पार्टी बढी प्रभावित बन्ने टिप्पणी हुन थालेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome