शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ३,२७४ जनामा कोरोना पुष्टि, २७ जनाको मृत्यु, १,९२९ डिस्चार्ज

१ भाद्र, २०७८ १७:४० मा प्रकाशित

257 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार २७४ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख १४ हजार १२७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ८७ हजार ६९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३९ हजार ८७१ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार २९६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३६ हजार ५७५ जना होम आइशोलेसनमा रहेका छन् । ७९० जना आईसियुमा १९१ जना भेन्टिलेटरमा उपचारारत छन् । ४१५ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २७ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार २७४ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome