शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा शाक्य

२ भाद्र, २०७८ १७:२५ मा प्रकाशित

567 पटक पढिएको

astalakshmi shakya

काठमाडौं – नेकपा एमाले बागमती प्रदेश संसदीय दलको नेतामा अष्टलक्ष्मी शाक्य चयन भएकी छन् । दलको बुधबार दिउँसो हेटौंडामा बसेको बैठकले शाक्यलाई सर्बसम्मत दलको नेता चयन गरेको प्रदेशसभा सदस्य अरुण नेपालले बताए । शाक्य माधव नेपाल समूहबाट केपी शर्मा ओली पक्षमा प्रवेश गरेपछि संसदीय दलको नेतामा चयन गरेको हो।

यसअघि दलको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलले संसदीय दलको नेताबाट राजीनामा दिएका थिए । मुख्यमन्त्री पौडेलले बुधबार मुख्यमन्त्रीबाट राजीनामा दिने प्रदेशसभा सदस्य नेपालले बताए । ‘अब मन्त्रीपरिषद बैठक बस्दैछ, उहाँले राजिनमा दिनुहुन्छ,आजै शाक्य मुख्यमन्त्री चयन हुनेछ,’ उनले भने ।

प्रदेशसभामा रहेका एकसय ९ सदस्य मध्ये ५६ जना नेकपा एमालेका सांसद छन् । तीमध्ये शाक्यसहित २२ जना नेपाल पक्षका छन् । तर पार्टी विभाजनको अवस्थामा शाक्यसहित अधिकांश नेपाल पक्षका प्रदेशसभा सदस्य एमालेमै रहने नेकपा एमाले बागमती प्रदेश संसदीय दलका प्रमुख सचेतक दिपक निरौलाले दाबी गरे ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome