सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली काठमाडौंमा

२ भाद्र, २०७८ १७:४१ मा प्रकाशित

565 पटक पढिएको

tia arrivals

काठमाडौं – अफगानिस्तानबाट उद्धार गरिएका थप ७२ नेपाली बुधबार बिहान स्वदेश फर्किएका छन्। उनीहरु आज बिहान ९:१५ बजे कतार एयरवेजको जहाजबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आइपुगेका हुन्।

अफगानिस्तानबाट लण्डन पुर्‍याइएका उनीहरुलाई त्यहाँबाट दोहा हुँदै कतार एयरवेजको जहाजबाट आज बिहान काठमाडौं ल्याइएको नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता राजकुमार क्षेत्रीले जानकारी दिनए। ‘उनीहरुलाई होल्डिङ सेन्टरमा राखेर कोरोना परीक्षणलगायत प्रक्रिया पूरा गरी घर पठाइने छ’, उनले भने।

मङ्गलबार दुई चरणमा गरी २०५ व्यक्तिलाई काठमाडौं ल्याइएको थियो। जजिरा एयरलाइन्सको चार्टर्ड विमानबाट दिउँसो ११८ र राति ८७ नेपाली स्वदेश फर्किएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome