शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

सयौं वर्ष पुरानो बहुमुल्य बुद्धको मूर्तिसहित पाँचजना पक्राउ

३ भाद्र, २०७८ १७:१८ मा प्रकाशित

700 पटक पढिएको

historical buddha statute

काठमाडौं – प्रहरीले सयौं वर्ष पुरानो बहुमुल्य धातुको बुद्धको मूर्तिसहित पाँचजनालाई नियन्त्रणमा लिएको छ । गोप्य सूचनाको आधारमा बर्दिया सदरमुकाम गुलरिया नगरपालिका ७ बजारस्थित एक होटलमा छापा मार्दै मूर्ति किनबेचको आरोपमा पाँचजनालाई नियन्त्रणमा लिएको हो ।

गोप्य सूचनाको आधारमा पुरातात्विक सयौं वर्ष पुरानो बहुमुल्य धातुको बुद्धको मूर्ति होटलमा करोडौं रुपैयाँमा किनबेच भइरहेको बारे थाहा पाएपछि स्थानीय विजया गेष्ट हाउसको कोठा नम्बर ३२८ मा खानतलासी गर्दा धातुको बुद्धको मूर्तिसहित मानिसहरु फेला पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीले बताए ।

मूर्ति किनबेचको आरोपमा बर्दियाको मधुवन नगरपालिका १ बस्ने ३४ वर्षीय उज्ज्वल रोकाय, ९ का ३४ वर्षीय अमृत राई, गुलरिया नगरपालिका वडा नम्वर ७ निवासी ४० वर्षीय निराजन उप्रेती, ठाकुरबाबा नगरपालिका ९ निवासी ३२ वर्षीय ईश्वरी प्रसाद उपाध्याय र जिल्ला जाजरकोट वारेकोट गाउँपालिका २ वस्ने २९ वर्षीय मगबहादुर नेपालीलाई नियन्त्रणमा लिएको डीएसपी शाहीले जानकारी दिए ।

बरामद गरिएको मूर्तिको तौल ७ किलो ७०२ ग्राम र उचाइ ९ दशमलव ५ इन्च छ । मूर्तिसहित सबैजनालाई नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मूर्ति कहाँबाट ल्याइएको भन्ने बारेमा अझै खुलेको छैन ।

historical buddha statute

यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome