शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

थप ३,०४२ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु, २,२४४ डिस्चार्ज

४ भाद्र, २०७८ १६:५६ मा प्रकाशित

752 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप ३ हजार ४२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २३ हजार ६४७ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २४४ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ९३ हजार ५४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ४० हजार ३०९ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३८७ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३६ हजार ९२२ जना होम आइशोलेसनमा रहेका छन् । ७१४ जना आईसियुमा १७१ जना भेन्टिलेटरमा उपचारारत छन् । ४४६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४५५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome