आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

भरतपुरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात

४ भाद्र, २०७८ १७:१२ मा प्रकाशित

340 पटक पढिएको

digital house plan in bharatpur

काठमाडौं – भरतपुर महानगरमा घरको नक्सा पास गर्दा अब कागजी झन्झट व्यहोर्नु नपर्ने भएको छ । महानगरमा निमार्ण हुने घरको नक्सा पास अब सफ्टवेयरबाट हुने भएको छ । नक्सा पासका लागि लाइन बस्ने झन्झट भएको गुनासो आएपछि महानगरले यो सेवा सुरुवात गरेको हो । नागरिकले घरैमा बसेर नक्सा पास गर्न सक्ने भएका छन् । शुक्रबारबाट भरतपुरमा डिजिटल घर नक्सापास प्रणालीको सुरुवात भएको छ ।

महानगर प्रमुख रेनु दाहालले उक्त सेवाको सुरुवात गरेकी हुन् । भरतपुर महानगरपालिका ९ की केसीको घर डिजिटल प्रणालीबाट नक्सा पास भएको छ । सुष्मा केसीलाई मेयर दाहालले नक्सा पासको अनुमतिपत्र दिएकी हुन्।

दाहालले महानगरलाई कागजविहीन बनाउने नीतिअनुसार काम गरिएको बताइन् । ‘हामीले महानगरलाई स्मार्ट सिटीको अवधारणा अघि बढाएपछि त्यसैअनुसार यो सेवा संचालन गरिएको हो,’ उनले भनिन्, ‘सेवाग्राहीले झन्झट र दु:ख पाएको गुनासो आइरहन्थ्यो । अब त्यस्ता झन्झट व्यहोर्न नपर्ने भएको छ ।’

कन्सल्टेन्सीले अनलाइनमा विवरण इन्ट्री गरेपछि नगरपालिकाको इन्जिनियरले ठिक भए नभएको जाँच गरेपछि घरको नक्सा अनलाइनबाट पास हुनेछ । नक्सा पासका लागि भूकम्प प्रतिरोधी प्रविधि समाज (एनसेट) ले प्राविधिक सहयोग गरेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome