बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

पछील्लो पाँच हप्तामा ४८ लाखले लगाए कोरोनाको खोप

५ भाद्र, २०७८ १६:१५ मा प्रकाशित

554 पटक पढिएको

corona vaccination nepal

काठमाडौं – पछील्लो पाँच हप्तामा ४८ लाख भन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् ।

कांग्रेस सभापति देउवा प्रधानमन्त्री भएलगत्तै आफ्नो पहिलो प्राथमिकता नै जनतालाई निशुल्क खोप दिलाउने घोषणा गरेका थिए ।

उनी प्रधानमन्त्री भएयता गत बिहीबारसम्म ४८ लाख ११ हजार ७ सय ३३ जनाले कोरोनाविरुद्धको खोप लगाएका हुन् । त्यसअघि झण्डै ३६ लाखले मात्रै कोरानाविरुद्धको खोप लगाएका थिए भने अहिले खोप लगाउने संख्या ८५ लाख २० हजार ४ सय २१ पुगेको छ ।

त्यसमध्ये ३७ लाख ८ हजार ६ सय ८८ जनाले कोरोनाको दुवै डोज खोप लगाएका छन्। त्यस्तै ३७ लाख ८ हजार ६ सय ८८ जनाले पहिलो डोज लगाएका छन् । अहिले कोरोनाको दुवै डोज खोप लगाउने जनसंख्या १३ प्रतिशत पुगेको पुगेको छ भने पहिलो डोज लगाउने १६ दशमलव ८ प्रतिशत छन् ।

देउवा प्रधानमन्त्री हुनुभन्दा अघि दुवै डोज खोप लगाउनेको संख्या ३ दशमल ९ प्रतिशत मात्रै थियो भने पहिलो डोज खोप लगाउनेको संख्या ९ दशमलव १ प्रतिशत मात्रै थिए । पछिल्लो पाँच हप्तामा कोरोनाको खोप लगाउनेको संख्या झण्डै दोब्बर पुगेको छ ।

सरकारले असोज मसान्तसम्म ३३ प्रतिशत जनतालाई कोरोनाविरुद्धको खोप निशुल्क लगाउने घोषणा गरेको छ । चैत मसान्तसम्म खोप लगाउने सबै जनतालाई निशुल्क खोप दिलाउने प्रधानमन्त्री देउवाको तयारी छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome