शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

थप २,०७५ जनामा कोरोना पुष्टि, ३० जनाको मृत्यु, २,३८२ डिस्चार्ज

५ भाद्र, २०७८ १६:४९ मा प्रकाशित

706 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ७५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २५ हजार ७२२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ३८२ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ९५ हजार ९२५ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३९ हजार ३२१ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३०६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३६ हजार १५ जना होम आइशोलेसनमा रहेका छन् । ७१८ जना आईसियुमा १६६ जना भेन्टिलेटरमा उपचारारत छन् । ४२३ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३० जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ४८५ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome