सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप १,९२० जनामा कोरोना पुष्टि, २४ जनाको मृत्यु, २,२४८ डिस्चार्ज

६ भाद्र, २०७८ १९:२४ मा प्रकाशित

418 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप १ हजार ९२० जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख २७ हजार ६४२ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार २४८ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ६ लाख ९८ हजार १७३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३८ हजार ७५१ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार १९६ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३५ हजार ५५५ जना होम आइशोलेसनमा रहेका छन् । ६८१ जना आईसियुमा १६९ जना भेन्टिलेटरमा उपचारारत छन् । ४२१ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २४ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५०९ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome