सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

सभामुखविरुद्ध नेकपा एमालेका सांसदको अभिव्यक्तिमा सत्तारुढ गठबन्धनको आपत्ति

७ भाद्र, २०७८ १६:२९ मा प्रकाशित

556 पटक पढिएको

agni sapkota

काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदले सभामुखविरुद्ध संसदीय मर्यादा विपरीत अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको छ। गत भदौ ३ र ४ गते सभामुखको कार्यकक्षमा प्रमुख प्रतिपक्षी दल एमालेका सांसदले सभामुख अग्नी सापकोटालाई लक्षित गरी संसदीय मर्यादा विपरीत बल प्रयोग जस्ता अभिव्यक्ति दिएको भन्दै सत्तारुढ गठबन्धनले आपत्ति जनाएको हो।

नेपाली काग्रेंसका सचेतक पुष्पा भुषाल, माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङ, जसपाका सांसद प्रदीप यादव, राष्ट्रिय जनमोर्चाका सांसद दुर्गा पौडेल र नेकपा एकीकृत समाजवादीका नेता एवम् सांसद जीवनराम श्रेष्ठले सोमबार संयुक्त वक्तव्य जारी गर्दै गम्भीर ध्यानाकर्षण भएको जनाएका छन्।

‘नेपालको संवैधानिक व्यवस्था अनुसार सभामुख पद व्यवस्थापिकाको प्रमुख हुनुका साथै संघीय संसदको संरक्षक पनि हो। सभामुख विरुद्धका धम्कीपूर्ण अभिव्यक्तिहरु वर्तमान संवैधानिक व्यवस्था र लोकतान्त्रिक प्रणाली विरुद्ध हुन्।’ वक्तव्यमा भनिएको छ, ‘संवैधानिक व्यवस्थाको रक्षा गर्नु सबै सांसदहरुको दायित्व हो। अतः सम्माननीय सभामुखज्यू विरुद्ध दिइएका धम्किपूर्ण अभिव्यक्ति प्रति घोर आपत्ति प्रकट गर्दै संबैधानिक मर्यादाको अवलम्बन गर्न हार्दिक आग्रह गर्दछौं।’

यसैगरी प्रमुख प्रतिपक्षदलका नेता एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल पक्षका १४ सांसदलाई सभामुखले कारवाही नगरेकोमा आपत्ति जनाएका थिए। उनले सभामुख सापकोटालाई प्रश्न गर्दै भनेका थिए, ‘संसद चलाउनु छ कि छैन ? उहाँ के पर्खिराख्नुभएको छ।’

सभामुख सापकोटालाई उनले माओवादीको कार्यकर्ता भएकाले पनि एमालेको प्रस्तावमा पूर्वाग्रही बनेको आरोप लगाएका थिए। नेकपा एमालेले बुधबार माधव नेपाल पक्षका १४ सांसदलाई पदमुक्त गर्न भन्दै संसद सचिवालयमा निवेदन दिएको थियो। सापकोटालाई ओलीले माओवादीको कार्यकर्ता भएकाले पनि एमालेको प्रस्तावमा पूर्वाग्रही बनेको आरोप लगाएका थिए।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome