बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

भाजपाका विदेश विभाग प्रमुख चौथाइवालेको पूर्वप्रधानमन्त्री ओलीसँग भेटवार्ता

७ भाद्र, २०७८ १६:३३ मा प्रकाशित

373 पटक पढिएको

oli meets bjp leader chauthaiwale

काठमाडौं – भारतीय जनता पार्टीका विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेटवार्ता गरेका छन् ।

सोमबार बालकोटस्थित ओलीको निजी निवासमा पुगेर चौथाइवालेले ओलीसँग भेट गरेका हुन् । चौथाइवाले र ओलीबीच समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको बताइएको छ। ओली निकट स्रोतका अनुसार उनीहरुले पछिल्लो राजनीतिक घटनाबारे छलफल गरेका थिए ।

चौथाइवालेले यसअघि आइतबार बालुवाटारमा पुगेर प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । उनी काठमाडौँ आएपछि पहिलो पटक प्रधानमन्त्री देउवासँग भेट गरेका थिए।

सोमबार साँझ नै पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग पनि भेट्ने कार्यक्रम छ । भाजपाका नेता चौथाइवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका निकट मानिन्छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome