सोमबार, १२ आश्विन २०७७
सोमबार, १२ आश्विन २०७७

IT Training Nepal

ट्राफिक प्रहरीमा कोरोना देखिएपछी बग्गीखाना सिल, एसएसपीसहित ३७५ जना क्वारेन्टाईनमा

१८ श्रावण, २०७७ १६:३४ मा प्रकाशित

694 पटक पढिएको

metropolitan traffic police office singhadurbar

काठमाडौं – महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथ (बग्गीखाना)का दुई जनालाई कोरोना संक्रमण पुष्टि भएपछि एसएसपी भीमप्रसाद ढकालसहित ३७५ जनालाई क्वारेन्टाईनमा राखिएको छ । गत शुक्रबार संक्रमण पुष्टि भएकाहरुलाई भने अस्पतालमा पठाइएको छ ।

सधैं खुल्ला रहने बग्गीखानाको मुख्य गेट पूरै बन्द गरिएको छ । पैदलयात्रु प्रवेश गर्ने अर्को सानो गेटमा ट्राफिक प्रहरीहरु फेस सिल्ड र मास्क लगाएर ड्युटीमा खटिएका छन् । बग्गीखानामा आउनेहरुलाई उनीहरुले सम्झाइ बुझाइ गरी फर्काउने गरेका छन् ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख ढकालले भने, ‘मसमेत ३७५ जना ब्यारेक-ब्यारेकमै छौं । अहिले महाशाखामा पूर्णलकडाउनको अवस्था छ ।’

उनले कोरोना पुष्टि भएकाहरुको सम्पर्कमा आएकाहरुलाई बाहिर आउ-जाउ गर्न बन्देज लगाइएको जानकारी दिए । आफूले अरुसँग भेटघाट बन्द गरेको उनले बताए ।

महाशाखा मातहत ट्राफिक प्रहरीको जनशक्ति १५ सय ४५ जना छ । ३७५ जना क्वारेन्टाईनमा गएपछि १ हजार १ सय ७० जना जनशक्ति ट्राफिक व्यवस्थापनका लागि खटाइएको छ ।

महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख एसएसपी ढकालले भने, ‘कम प्रेसर भएको ठाउँका ट्राफिक प्रहरीलाई झिकेर बढी प्रेसर भएका ठाउँमा पठाएर मिलाएका छौं ।’


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome