बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

उपत्यकामा थप एक साता निषेधाज्ञा

८ भाद्र, २०७८ १७:१४ मा प्रकाशित

279 पटक पढिएको

empty street

काठमाडौं – काठमाडौं उपत्यकामा थप एक साता अर्थात भदौ १६ गतेसम्म निषेधाज्ञा लम्बिएको छ। काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको मंगलबार बसेको बैठकले लकडाउन थप एक साताका लागि लम्ब्याएको हो। यस अगाडि जारी भएको निषेधाज्ञा मंगलबार रातिसम्म तोकिएको थियो।

काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरु स्विकृत सिट क्षमताअनुसार मापदण्ड पालना गर्ने गरी सञ्चालन हुने पाउने छन्। काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीका अनुसार मध्यम तथा लामो दूरीका सार्वजनिक सवारी साधन स्वास्थ्यका मापदण्ड पालना गरी सञ्चालन गर्न पाउनेछन्।

एउटा कक्षामा कम्तिमा २५ जना बढी मानिसहरु भेला नहुने गरी परीक्षा सञ्चालन गर्न सकिने व्यवस्था मिलाइएको छ। गोष्ठी, तालिम, सेमिनार, बैठक, समीक्षा, प्रशिक्षण जस्ता क्रियाकलापहरु सम्भव भएसम्म भर्चुअल माध्यमबाट सञ्चालन गर्नुपर्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट जारी आदेशमा भनिएको छ।

सबै प्रकारका सभा, सम्मेलन, पार्टी प्यालेस, सिनेमा हल, डान्सबार, दोहोरी, नाचघर, क्लब, स्विमीङ पुल, मनोरञ्जन स्थल, संग्रहालय, रंगशाला हुने दर्शकसहितको खेलकुद र मानिसहरुको भिडभाड हुने अन्य कार्यक्रम सञ्चालनमा निषेध गरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome