सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

गृहमन्त्री खाँड र माओवादी नेता पुनसँग चौथाइवालेको भेटवार्ता

८ भाद्र, २०७८ १७:२२ मा प्रकाशित

455 पटक पढिएको

vijay chauthaiwale with home minister

काठमाडौं – भारतीय जनता पार्टी विदेश विभाग प्रमुख डा. विजय मुरलीधर चौथाइवालेले गृहमन्त्री बालकृष्ण खाँड र माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनसँग भेटवार्ता गरेका छन्।

खाँडसँगको भेटमा नेपाल-भारत सम्बन्ध, दुई पार्टीबीचको सम्बन्धका छलफल भएको गृहमन्त्री स्रोतले जनाएको छ। चौथाइवालेले कांग्रेस र भारतीय जनता पार्टीको सम्बन्ध सुमधुर बनाउनु पर्नेमा जोड दिएको बताइएको छ।

यसैगरी माओवादी केन्द्रका स्थायी कमिटी सदस्य वर्षमान पुनसँग पनि चौथाइवालेले भेटवार्ता गरेका छन्। होटेल मेरियटमा दुई पार्टीबीचको आपसी सम्बन्धका बारेमा दुई नेताबीच कुराकानी भएको बताइएको छ।

चौथाइवाले आइतबार अपरान्ह काठमाडौं आएका हुन्। चौथाइवालेले काठमाडौं आएपछि राजनीतिक भेटघाटलाई जारी राखेका छन्। भाजपा विदेश विभाग प्रमुख चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ , लोकतान्त्रिक जनता पार्टीका अध्यक्ष महन्थ ठाकुरसँग पनि भेटवार्ता गरेका थिए।

शेरबहादुर देउवा प्रधानमन्त्री बनेपछि माथिल्लोस्तरका भारतीय नेताको यो पहिलो भ्रमण हो। उनी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका विश्वास पात्र मानिन्छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome