आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै सानेपामा कांग्रेस जिल्ला सभापतिहरुको धर्ना

८ भाद्र, २०७८ १७:२५ मा प्रकाशित

582 पटक पढिएको

nepali congress

काठमाडौं – क्रियाशील सदस्यहरुको सूची सार्वजनिक गर्न माग गर्दै नेपाली कांग्रेसका जिल्ला सभापतिहरुले केन्द्रीय कार्यालय सानेपामा धर्ना दिएका छन्। क्रियाशील सदस्यताको नामावली पार्टीको वेवसाइटमा सार्वजनिक गरिनुपर्नेलगायतका माग राख्दै सभापतिहरु धर्नामा उत्रिएका हुन्। वरिष्ठ नेता रामचन्द्र पक्षका जिल्ला सभापतिहरु आन्दोलित भएका हुन्।

क्रियाशील सदस्यता पारदर्शी नभएकाले आन्दोलनमा उत्रिनुपरेको उनीहरुले बताएका छन्। उनीहरुले सदस्यता सार्वजनिक गर्न भदौ ७ गतेको समयसीमा दिएका थिए। कांग्रेसले क्रियाशील सदस्यतासम्बन्धी विवाद टुंगाएर पार्टी सभापति शेरबहादुर देउवालाई प्रतिवेदन बुझाएको थियो। मुलुकभर र विदेशस्थित जनसम्पर्क समितिका गरी नौ लाख बढी हुने क्रियाशील सदस्यताको विवाद यसअघि समयमै नसुल्झिँदा महाधिवेशन कार्यतालिकासमेत प्रभावित भएको थियो ।

साउन ३० गतेको केन्द्रीय समिति बैठकले पारित गरेको कार्यतालिका अनुसार गाउँ-नगर वडा अधिवेशन यही भदौ १८ गते, गाउँ/नगरपालिका अधिवेशन भदौ २७ गते, प्रदेशसभा क्षेत्रीय अधिवेशन आगामी असोज १ गते, प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन-एकमात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज ५ गते हुनेछ ।

यसैगरी कांग्रेसले एकभन्दा बढी प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशन असोज १० गते, प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरेको छ ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome