आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

थप २,५२५ जनामा कोरोना पुष्टि, ३५ जनाको मृत्यु, २,०८६ डिस्चार्ज

८ भाद्र, २०७८ १७:३५ मा प्रकाशित

677 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ५२५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ३१ हजार ९६८ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप २ हजार ८६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख २ हजार १८३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३८ हजार २५० जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार १०५ जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३५ हजार १४५ जना होम आइशोलेसनमा रहेका छन् । ६२० जना आईसियुमा १७० जना भेन्टिलेटरमा उपचारारत छन् । ३९५ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप ३५ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ५६८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome