बुधबार, २२ मंसिर २०७८
बुधबार, २२ मंसिर २०७८

IT Training Nepal

चार दिनदेखि हराएकी १६ वर्षीया बालिका मृत फेला

९ भाद्र, २०७८ १६:३१ मा प्रकाशित

199 पटक पढिएको

dead body

काठमाडौं – कालिकोटमा चारदिनदेखि हराएकी खाँडाचक्र नगरपालिका–६ की १६ वर्षीया निरु विकको शव मकै बारीमा फेला परेको छ । गत शुक्रबारदेखि हराएकी निरुको शव मंगलबार दिउँसो घर नजिकै मकैबारीमा भेटिएको हो । जंगली जनावरले क्षतविक्षत पारेको अवस्थामा बालिकाको शव फेला परेको बताइएको छ ।

बालिकाको शव मकैबारीमा देखेपछि स्थानीय र बालिकाका आफन्तले प्रहरीलाई खबर गरेका थिए । बालिकाको शव भेटिएको खबर आएसँगै जिल्ला प्रहरी कार्यालय कालिकोटका प्रहरी नायव उपरीक्षक (डीएसपी) चक्रबहादुर शाहको नेतृत्वमा जिल्ला सदरमुकाम मान्मबाट प्रहरीको टोली खटिएको थियो ।

बालिकाको शव सडेको अवस्थामा फेला परेको डीएसपी शाहले बताए । ‘बालिका भदौ ४ गते बाट हराएको प्रारम्भिक अनुसन्धानले देखाएको छ,’ डीएसपी शाहले भने, ‘घरबाट ३ सय मिटर टाढा शव भेटिएको हो ।’

डीएसपी शाहका अनुसार बालिकाको शरीरको तल्लो भाग स्यालले खाइसकेको अवस्थामा शव भेटिएको छ । शव जिल्ला अस्पताल कालिकोटका पोस्टमार्टम भइसकेको र रिपोर्ट आउन बाँकी रहेको डीएसपी शाहले जाजकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको डीएसपी शाहले बताए। स्थानीय बासिन्दा र बालिकाका आफन्तहरुले निरुको बलात्कारपछि हत्या भएको हुनसक्ने आशंका गरेका छन् । उनीहरुले घटनाको निष्पक्ष अनुसन्धान गरेर सत्यतथ्य पत्ता लगाइ दोषिमाथि कारबाही हुनुपर्ने माग गरेका छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome