शुक्रबार, १७ मंसिर २०७८
शुक्रबार, १७ मंसिर २०७८

IT Training Nepal

माओवादी केन्द्रको प्रवक्ताको जिम्मेवारी महरालाई

९ भाद्र, २०७८ १६:३७ मा प्रकाशित

338 पटक पढिएको

krishna bahadur mahara

काठमाडौं – नेकपा माओवादी केन्द्रले प्रवक्ताको जिम्मेवारी कृष्णबहादुर महरा दिएको छ। माओवादी केन्द्रको बैठकले यसअघि प्रवक्ता रहेका नारायणकाजी श्रेष्ठलाई हटाएर महरालाई जिम्मेवारी तोकेको हो। उनलाई माओवादी केन्द्रले प्रकाशन विभाग र राष्ट्रिय सुरक्षा विभागको प्रमुखको पनि जिम्मेवारी दिएको छ।

एमाले एकता अगाडि माओवादी प्रवक्तामा पम्फा भुसाल थिइन्। माओवादीले एमालेसँग पार्टी एकता गरेपछि प्रवक्ताको जिम्मेवारीमा श्रेष्ठले पाएका हुन्। महराविरुद्ध बलात्कारको अभियोग लागेपछि सभामुखबाट राजिनामा दिएका थिए। उनले अदालतबाट सफाइ पाएपनि राजनीतिमा फर्किएपछि मुख्य जिम्मेवारी पाउन सकेका थिएनन्।

श्रेष्ठलाई माओवादी केन्द्रको प्रवास समितिको इन्चार्जको जिम्मेवारी दिइएको छ। माओवादी केन्द्रले संगठन विभागको प्रमुखमा जनार्दन शर्मा ‘प्रभाकर’,संघीय संसदीय विभाग प्रमुखमा देव प्रसाद गुरुङ, अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी वर्षमान पुनलाई तोकिएको छ।

माओवादी केन्द्रको प्रदेश १ इन्चार्ज राम कार्की, प्रदेश २ इन्चार्ज गणेश शाह, बागमती प्रदेश इन्चार्ज हितमान शाक्य, गण्डकी प्रदेश इन्चार्ज हितराज पाण्डे, लुम्बिनी इन्चार्ज चक्रपाणी खनाल बलदेव, कर्णाली इन्चार्ज शक्ति बस्नेत र सुदूरपश्चिम इन्चार्ज खगराज भट्टराईलाई जिम्मेवारी दिइएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome