शनिबार, ११ मंसिर २०७८
शनिबार, ११ मंसिर २०७८

IT Training Nepal

लागुऔषधमा पत्रकारलाई फसाउन खोजेको घटनाको छानविन गर्न समिति गठन

९ भाद्र, २०७८ १६:४३ मा प्रकाशित

215 पटक पढिएको

two police officers suspended for forgery

रौतहट – सादा पोसाकमा खटिने प्रहरी घुमुवा सहित मिलेर पत्रकारलाई फसाउन मोटरसाइकलमा लागुऔषध राखेको घटनाको छानविन गर्न प्रहरी प्रधान कार्यालयले समिति बनाएको छ।

प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी कृष्णकुमार महतको नेतृत्वमा ४ सदस्यीय समिति गठन गरिएको प्रहरी प्रवक्ता एसएसपी बसन्त कुँवरले जनाएका छन्।

समितिमा प्रहरी प्रधान कार्यालय कानुन शाखा र साइबर ब्यूरोका अधिकृत सदस्य छन्। यस्तै मानव अधिकार आयोगको टोली पनि घटना बुझ्न रौतहट आउँदैछ।

साउन ३२ गते होटलमा खाजा खान बोलाएर रौतहट एक्सप्रेस अनलाइनका पत्रकार मो मोजुबुल्लाहको मोटरसाइकलमा लागुऔषध राखिएको थियो। उनी निर्दोष देखिएपछि रिहा भएका छन्।

रौतहटका प्रमुख एसपी शिद्धि विक्रम शाहले सोमबारको सम्मेलनमा पत्रकार महासंघ रौतहटका सहसचिव सजय सहनीले धिरज यादव र जितेशकुमार यादवलाई प्रयोग गरी मोटरसाइकलमा लागुऔषध राख्न लगाएको बताएका थिए।

घुमुवा प्रहरी साहयक निरीक्षक उदय यादव र प्रहरीजवान मनोज साहलाई निलम्बन गरीएको, आरोपित सहनी फरार रहेको, धिरज र जीतेशलाई ६ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

आरोपी सहनी र एसपी शाहको घटना पछिको फोन संवाद समेत बाहिरिएको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome