आईतवार, २ माघ २०७८
आईतवार, २ माघ २०७८

IT Training Nepal

अवैध सम्बन्धबाट जन्मिएको नवजात शिशुको हत्या गर्ने आमा पक्राउ

९ भाद्र, २०७८ १६:४५ मा प्रकाशित

329 पटक पढिएको

woman in handcuffs

काठमाडौं – बैतडी जिल्ला डिलाशैनी गाउँपालिकामा एक आमाले नवजात शिशुको हत्या गरेकी छन्। वडा नं ७ ढाँणकी ३५ वर्षीया माधवी कार्कीले नवजात शिशुको घाँटी निमोठेर हत्या गरेकी हुन्।

अवैध सम्बन्धबाट गर्भ रहेकाले माधवीले शिशुको जन्मिनासाथ घाँटी निमोठेर हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी निरीक्षक राजेश शाहीले जानकारी दिए। घर नजिकैको मकैबारीमा शिशु जन्माएकी माधवीले सोही ठाउँमा केराको साप्रोले शिशुको घाँटी निमोठेर हत्या गरेको बताइएको छ।

माधवीले नवजात शिशुको हत्या गरेपछि उनका ससुराले प्रहरीलाई जानकारी दिएको जनाइएको छ। माधवीलाई प्रहरीले पक्राउ गरिसकेको छ। माधवी प्रहरीको नियन्त्रणमा रहेकी र अदालतबाट म्याद थपेर अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय पाटनले जनाएको छ। उनका श्रीमान् १० वर्षदेखि वैदेशिक रोजगारमा गएका र उतै बेपत्ता रहेको प्रहरीले जनाएको छ। माधवीका १३ वर्षीय एक छोरा छन्।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome