सोमबार, १३ मंसिर २०७८
सोमबार, १३ मंसिर २०७८

IT Training Nepal

थप २,४३३ जनामा कोरोना पुष्टि, २६ जनाको मृत्यु, १,९२९ डिस्चार्ज

१० भाद्र, २०७८ १७:३२ मा प्रकाशित

773 पटक पढिएको

corona positive

काठमाडौं – पछिल्लो २४ घण्टामा देशभर थप २ हजार ४३३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसहित नेपालमा कुल कोरोना संक्रमितको संख्या ८ लाख ३६ हजार ८८३ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा थप १ हजार ९२९ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। यो सहित नेपालमा कोरोना जित्ने संख्या ७ लाख ५ हजार ८९३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

देशभर ३८ हजार ३८४ जना सक्रीय संक्रमित रहेका छन् । ३ हजार ३० जना संस्थागत आइशोलेसनमा रहेका छन् भने ३५ हजार ३५४ जना होम आइशोलेसनमा रहेका छन् । ६२० जना आईसियुमा १६५ जना भेन्टिलेटरमा उपचारारत छन् । ३६६ जना क्वारेन्टाईनमा छन् ।

पछिल्लो २४ घण्टामा नेपालमा कोरोनाबाट थप २६ जनाको मृत्यु भएको छ। योसहित नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार ६३८ रहेको छ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome