काठमाडौं – अब अनलाइन संचार माध्यम हरेक वर्ष नवीकरण गर्नु नपर्ने भएको छ। मंगलबार सर्वोच्च अदालतले अनलाइन हरेक वर्ष नवीकरण गर्नुपर्ने प्रावधान खारेज गरेसँगै अब नवीकरणको झन्झट टरेको हो। अधिवक्ता लीलानाथ घिमिरे र विष्णुकुमार गिरीले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै सर्वोच्चका न्यायाधीश दीपककुमार कार्की र सुष्मालता माथेमाको संयुक्त इजलासले वार्षिक रुपमा नवीकरण गर्नुपर्ने प्रावधानलाई खारेज […]
काठमाडौं – सरकारले कोरोना संक्रमण बढ्दै गएको भन्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न अनुरोध गरेको छ । बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति सार्वजनिक गर्दै रेष्टुरेन्ट र रात्रिकालीन व्यवसायमा कडाई गरेको हो। मन्त्रालयका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट भइरहेको निगरानीमा काठमाडौं, पोखरालगायत ठूला सहरमा विद्यालय जाने उमेर समूहमा संक्रमण बढेको भन्दै सचेत हुन […]
काठमाडौं – सेयर बजार नेप्से परिसूचक अहिलेसम्मकै उच्च विन्दुमा पुगेको छ । साताको पहिलो दिन आइतबार नेप्से २५.७१ अंकले वृद्धि भई २६५७.६१ विन्दुमा पुगेर रोकियो । आइतबार नेप्से परिसूचक वृद्धि हुँदा बैंक, विकास बैंक, जलविद्युत्, वित्त, निर्जीवन बीमा, जीवन बीमा, माइक्रोफाइनान्स र अन्य समूहका परिसूचक वृद्धि भयो । होटेल र पर्यटन, व्यापार, निर्माण तथा उत्पादन, […]
काठमाडौं – उपभोक्ता ठगीको आरोपमा बालाजुको राजेश हार्डवेयरका शाखा प्रमुख शुक्रबार प्रहरी हिरासतमा पुर्याइएका छन्। उपभोक्तालाई बिक्री गरिएको फलाम र डण्डीको तौलमा ठगी गरेको आरोपमा शाखा प्रमुख कमल शर्मालाई उनकै पसलका ग्राहकले नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएका हुन् । हार्डवेयरले बिक्री गरेको डण्डी र फलामको वास्तविक तौल बिलमा जनाइएको भन्दा फरक परेको वृत्तका […]
काठमाडौं – सरकारले एकैपटक ठूलो सङ्ख्यामा भन्सार एजेन्ट थप गर्न लागेको छ। बीस वर्षदेखि नियुक्त हुन नसकेको एजेन्टको इजाजतका लागि सोमबार सार्वजनिक सूचना प्रकाशन गरिएको छ। अर्थ मन्त्रालय अन्तर्गतको भन्सार विभागले सार्वजनिक सूचना प्रकाशन गर्दै ६६० एजेन्ट थपको तयारी गरेको हो। विभागले भन्सार एजेन्टको इजाजतपत्र लिन अनलाइनमार्फत दरखास्त आह्वान गर्न सकिने जनाएको छ। दुई दशकदेखि […]
काठमाडौं – राजनीति अन्योलबीच पनि सेयर बजारमा लगातार उछाल देखिएको छ। गत साता नै बुलिस ट्रेन्डमा फर्किएको सेयर बजार साताको पहिलो दिन आइतबार पनि पुरै हरियाली भएको छ। कारोबार सुरु भएदेखि नै निरन्तर उकालो लागेको आइतबार बजार परिसूचक नेप्से ६३.३८ अंकले बढेर २५३८.४७ विन्दुमा पुगेको छ। परिसूचक उकालो लागेसँगै कारोबार अंकमा उत्साह बढिरहेको छ। आइतबार […]
काठमाडौं – केही दिनदेखि सुस्ताएको सेयर बजारमा सुधार देखिएको छ। राजनीतिक अन्योललाई बेवास्ता गर्दै सेयर बजार बुलिस ट्रेन्डमा फर्किएको विश्वास लगानीकर्ताले गरेका छन्।लगातार एक साता घटेको बजार बुधबार हरियाली भएको छ। बुधबार नेप्से परिसूचक ४०.४० अंकले बढेर २४३२.१४ विन्दुमा उक्लिएको छ। ३ अर्ब ३७ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । बुधबार सबै समूहका […]
वीरगन्ज – वीरगन्जका उद्योगीहरुले निर्माणाधीन ६ लेनको व्यापारिक मार्गको नालामा उद्योगको पानी बग्न नदिने उर्दीका कारण अर्बौको औद्योगिक लगानी जोखिममा परेको गुनासो गरेका छन् । शुक्रबार वीरगन्ज उद्योग वाणिज्य संघको ४५ औं साधरणसभाको उद्घाटन सत्रमा यहाका उद्योगीहरुले यस्तो गुनासो गरेका हुन् । वीरगन्ज पथलैया औद्योगिक कोरीडोरमा निर्माणाधीन व्यपारिक मार्गको नालामा सडक विभागले उद्योगबाट निस्कने पानी […]
जोमसोम – कोरोना भाइरस (कोभिड—१९)को संक्रमणका कारण बन्द पोखरा—जोमसोम हवाइ सेवा एक वर्षपछि सञ्चालनमा आएको छ। २०७६ साल चैत्र ११ गते सरकारले बन्दाबन्दी (लकडाउन) गरेसँगै पोखरा—जोमसोम हवाइ सेवा ठप्प भएको जोमसोम नागरिक उड्यन कार्यालयका प्रमुख दिपक विकले जानकारी दिए। उनका अनुसार मुस्ताङमा एक वर्षपछि शनिबार सुमित एअरको जहाज आएको र भोलिदेखि तारा एअरको जहाज आउने […]
विराटनगर – ६ वर्षअघि नै उपभोग्य म्याद सकिए पनि विराटनगरमा नयाँ लेबल लगाएर रहरको दाल बिक्री गरिरहेको फेला परेको छ। म्याद सकिएर खानका लागि अयोग्य भइसकेको दाल पुरानो लेबल हटाउँदै नयाँ लगाएर बजारमा बिक्री गर्दै उद्योगी, व्यवसायीले बदमासी गरिरहेको पुष्टि भएको हो। वाणिज्य कार्यालय, प्रहरीसहितको अनुगमन टोलीले बुधबार लेबल परिवर्तन गरी बिक्रीका लागि राखिएको अवस्थामा […]