मंगलवार, १३ आश्विन २०७७
मंगलवार, १३ आश्विन २०७७

IT Training Nepal

अन्तर्राष्ट्रिय

corona vaccine

कोरोनाको खोप सर्वसाधारणमा प्रयोग गर्न चीनलाई डब्लूएचओको अनुमति

काठमाडौं – विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) ले चिनलाई उसले बनाएको कोभिड १९ विरुद्धको खोप आम नागरिकमा ल्याउन अनुमति दिएको अन्तर्राष्ट्रिय मिडियाले जनाएका छन् । चीनले तेस्रो चरणको परीक्षण गरिरहेको कोरोनाविरुद्धको खोपलाई आम नागरिकमा लगाउन अनुमति दिएको हो । चिनियाँ मिडियाका अनुसार चिनियाँ स्वास्थ्य अधिकारीले डब्ल्युएचओले आम मानिसमा कोरोनाविरुद्धको खोप लगाउन अनुमति दिएको जानकारी दिए । […]

us visa

नेपालसहित ५९ देशका विद्यार्थीलाई अमेरिकाले २ वर्षभन्दा लामो भिसा नदिने

वासिंटन – अमेरिकाले विदेशबाट आएका विद्यार्थीलाई दुई वर्षभन्दा लामो भिसा नदिने कानुन ल्याउने तयारी गरेको छ । वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प प्रशासनले यससम्बन्धी प्रस्ताव तयार पारेको बुझिएको छ । यद्यपि आगामी नोभेम्बरपछि ट्रम्पको दोस्रो कार्यकाल नभएको खण्डमा यस्तो योजना तुहिनसक्ने बताइन्छ । ट्रम्प प्रशासनले नेपाल लगायत विभिन्‍न ५९ देशका विद्यार्थीका लागि यस्तो कानुन मार्फत कडाइ […]

shraddha and sara

श्रद्धा र साराको नाम लागूऔषध मुद्दामा

मुम्बई – बलिउड नायिका श्रद्धा कपुर र सारा अली खान पनि लागूऔषध मुद्दामा मुछिएका छन्। ती दुवैलाई यसै साता सोधपुछका लागि बोलाउने सम्भावना छ। हाल हिरासतमा रहेकी नायक सुशान्तकी प्रेमिका रिया चक्रवर्तीले सोधपुछका क्रममा श्रद्धा र सारा दुवै नायिकाको नाम मुछेपछि नारकोटिक्स कन्ट्रोल ब्युरोले दुवैलाई बोलाउने अवस्था देखिएको हो।

physical abuse reported against donald trump

ट्रम्पमाथि पूर्वमोडेल डोरिसले लगाईन् यौन दुर्व्यवहारको आरोप

वासिङटन – अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि एक महिलाले यौन दुर्व्यवहारको आरोप लगाएकी छन् । अमेरिकी पूर्वमोडेल एमी डोरिसले अजभन्दा २३ वर्षअघि आफू २४ वर्षको उमेर हुँदा ट्रम्पले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन् । बिहीबार उनले बताए अनुसार ट्रम्पले २३ वर्षअघिको ओपन टेनिस प्रतिष्पर्धाको क्रममा उनीमाथि यौन दुर्व्यवहार गरेका थिए । त्यसबेला एमी डोरिस आफ्ना […]

afgan taliban peace talks

अफगान-तालिबान ऐतिहासिक वार्ता : २० वर्षे युद्ध अन्त्य हुने अपेक्षा

दोहा – अफगानिस्तान र विद्रोही तालिबान समूहबीच कतारको दोहामा वार्ता सुरु भएको छ । यस वार्ताले अफगानिस्तानमा २ दशकदेखि जारी युद्ध अन्त्य हुने अपेक्षा गरिएको छ । अमेरिका र तालिबान समूहबीच गत वर्ष भएको सम्झौताको ६ महिनापछि अफगान प्रतिनिधि र तालिबान समूह पहिलो पटक वार्तामा बसेका हुन् । अघिल्लो वर्ष अमेरिकासँग सम्झौता भए पनि दुबै […]

ladakh border

लद्दाखमा फेरी बढ्दै चीन-भारत तनाब, चल्यो गोली

काठमाडौं – भारतीय सेनाले चिनियाँ सेनाले लद्दाखस्थित विवादित सीमा क्षेत्रमा हवाइ फायरिङ गरेको आरोप लगाएको छ । चिनियाँ सेनाले सोही स्थानबाट गोली प्रहार गरेको भन्दै आरोप लगाएको केही घण्टापछि नै भारतीय सेनाले यस्तो जनाएको हो । मंगलबार विज्ञप्ति निकाल्दै भारतीय सेनाले चिनियाँ सेनालाई केही राउण्ड गोली प्रहार गरेको आरोप लगाएको हो । सीमा क्षेत्रमा केही […]

china launches aircraft carrier destroyer missiles

दक्षिण चिनियाँ सागरमा चीनले गर्‍यो दुई मिसाइल प्रहार

बेइजिङ – चीनले दक्षिण चिनियाँ सागरमा दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ। अमेरिकालाई चेतावनी दिन उसले ‘एयरक्राफ्ट–करियर किलर’ प्रहार गरेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ। चीनले आफ्नो ‘नो–फ्लाई जोन’ मा अमेरिकी जासुसी विमान उडेको एकदिनपछि त्यसको प्रक्रिया स्वरूप मिसाइल प्रहार गरेको हो । उक्त मिसाइल स्पष्ट रूपमा अमेरिकालाई चेतावनी दिनकै लागि प्रहार गरिएको […]

corona vaccine russia

डिसेम्बरसम्म बजारमा कोरोनाको खोप ल्याउने चिनको तयारी, मुल्य नेपाली १५ हजार

बेइजिङ – विश्‍वभरका वैज्ञानिकहरु कोभिड १९ को खोपको विकासमा लागिरहँदा चिनियाँ एक औषधि कम्पनीले भने कोभिड १९ को खोप यही वर्षको अन्त्यसम्म बजारमा आउने भन्दै यसको मुल्य समेत तोकिसकेको छ । चिनियाँ औषधि उत्पादक कम्पनी सिनोफार्मले उक्त खोप यही वर्षको डिसेम्बरमा आउने भन्दै यसलाई १४० डलर पर्ने वा नेपाली १५ हजार जति पर्ने जनाएको छ […]

rape convicted turned fake saint launches own currency in south africa

भारतका बलात्कारी दक्षिण अमेरिकामा बाबा बनेर आफ्नै नामको पैसा छाप्दै

काठमाडौं – भारतीय अधिकारीहरु बलात्कारका आरोपी नित्यानन्दलाई खोजिरहँदा उनी भने दक्षिण अमेरिकामा ‘बाबा’ बनेर बसिरहेका छन् । यही शनिबार उनै ‘बाबा’ले ‘कैलाश रिजर्भ बैंक’ र आफ्नै नामको मुद्रा सार्वजनिक गरे । जसलाई उनले ‘कैलाशीयन डलर’ नाम दिएका छन् । यस मुद्राबारे कैलाशा वेबसाइटमा पनि यसको वैधानिकता दावी गरिएको छ । साथै उक्त मुद्रा यस बैंकले […]

gandhi glasses

४ करोड ८ लाखमा विक्री भयो गान्धीको चस्मा

लण्डन – भारतीय स्वतन्‍त्रतावादी नेता महात्मा गान्धीको चस्मा लिलाम बढाबढबाट चार करोड आठ लाख रुपैयाँमा विक्री भएको छ । बेलायती लिलाम गर्ने एक कम्पनीले गान्धीको चस्मा एक अमेरिकी सङ्ग्रहकर्तालाई विक्री गरेका हुन् । ईस्ट ब्रिस्टल अक्शन्श लिमिटेडका अनुसार अगस्ट महिनाको ३ तारिखमा एउटा साधारण खामभित्र कुनै व्यक्तिले छोडेको अवस्थामा उक्त चस्मा फेला पारिएको थियो। बीबीसीमा […]

Divya Gyan College Eprabidhi Solutions webtrickshome