भक्तपुर – गैरन्यायिक ढंगले हनुमन्ते खोला फर्काएर निर्माण गरिएको कोरिडोर र भक्तपुरबाट पुरानो ठिमी भएर काठमाडौंको पेप्सीकोला जोड्ने पुरानो सडक विस्तार कार्य तत्काल रोक्न माग गर्दै ज्ञापनपत्र बुझाइएको छ। दुई क्षेत्रको विकास योजनाबाट पीडित स्थानीयको नेतृत्व गर्दै नेपाली कांग्रेस मध्यपुर थिमि नगर समितिले बुधबार प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईलाई ज्ञापनपत्र बुझाइएको हो । कांग्रेस मध्यपुर […]
काठमाडौं – कोरोना भाइरसविरुद्धको खोप अभियान बुधबार उत्साहजनक रूपमा सुरु भएको छ। पहिलो दिन ९ हजार ८४ जनाले खोप लगाएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। खोप लगाउने व्यक्तिमा कुनै स्वास्थ्य समस्या देखिएको छैन। मन्त्रालयका अनुसार प्रदेश १ मा १हजार २ सय ५५, २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा […]
काठमाडौं – संसद विघटनविरूद्ध परेको रिटमाथि भइरहेको बहस सुनुवाइ लम्बिँदै गएपछि त्यसमा इजलासबाट समेत चिन्ता व्यक्त हुन थालेको छ। बहस सुनुवाइ नलम्बाउन र नदोहोर्याउन न्यायाधीहरूले वकिलहरूलाई आग्रह गरेका छन्। संसद विघटन गर्ने पुस ५ को निर्णय विरूद्ध परेका दर्जन रिटउपर सर्वोच्चमा एक महिनादेखि बहस सुनवाइ हुँदै आए पनि कहिलेसम्म मुद्दाको टुंगो लाग्ने भन्ने अझै निश्चित […]
काठमाडौं – काठमाडौँको दक्षिणकालीमा मिनीट्रक दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको छ । दक्षिणकाली नगरपालिका–९ हनुमानेस्थित सडकमा बा ३ ख ६१९९ नम्बरको मिनीट्रक अनियन्त्रित भएर दुर्घटना हुँदा दुईजनाको मृत्यु भएको हो । मिनीट्रक सडकबाट ५० मिटर तल खस्दा ट्रक चालक मकवानपुर थाहा नगरपालिका–४ का ३१ वर्षीय मोहनलाल रुम्बा र सहचालक अछामका २८ वर्षीय गोमबहादुर बुढाको मङ्गलबार […]
काठमाडौं – नेपाली सेना जङ्गी अड्डामा ‘एकीकरण मार्ग कार्यक्रमसबन्धी बृहत् सेमिनार’ गर्ने भएको छ। उक्त मार्गको अवधारणा, नेपालको ऐतिहासिक गढी र किल्लाको सम्पूर्ण जानकारी, एकीकरण मार्ग कार्यक्रमसम्बन्धी वृत्तचित्र प्रदर्शनलगायत समसामयिक विषयमा गहन छलफल हुने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ। प्रधानमन्त्री तथा रक्षामन्त्रीले उक्त सेमिनार समापन समारोहलाई सम्बोधन गर्ने छन्। प्रधानसेनापति पूर्णचन्द्र थापाले यही […]
भक्तपुर – यस वर्षको एकमहिने माधवनारायण एवं श्रीस्वस्थानी माताको व्रत सुरु बिहीबारदेखि हुँदैछ। काठमाडौंको साँखुस्थित शाली नदी परिसरसँगै भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा पनि यो एकमहिने माधवनारायणको व्रत बस्दै आएको छ। तर यस वर्ष कोरोना भाइरस संक्रमणका कारण भक्तपुरको हनुमानघाटस्थित त्रिवेणीमा हुने माधवनारायणको व्रत भने औपचारिकतामा मात्रै सीमित गरिने भएको छ। माधवनारायण व्रत सेवा समितिका उपाध्यक्ष रत्नलाल […]
काठमाडौं – प्रत्येक वर्ष पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना विधिपूर्वक गरिने स्वस्थानी व्रत एवं माघस्नान बिहीबारदेखि सुरु गरिँदै छ। पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ। पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुआत हुन्छ। बिहान माघ स्नान […]
काठमाडौं – शिक्षकले जथाभावी प्राप्तांक पठाउँदा कक्षा १२ को नतिजा प्रकाशनमा ढिलाइ भएको छ। कार्यविधिमा तोकिएको सिस्टममा परीक्षा केन्द्रहरुबाट नम्बर नआउँदा लक्ष्यअनुसार नतिजा सार्वजनिक गर्न नसकिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ। गत मंसिर १६ गते कक्षा १२ को संक्षिप्त परीक्षा सकिएको थियो। ‘परीक्षा सकिएको महिना दिनमा नतिजा प्रकाशन गर्न सक्छौँ जस्तो लागेको थियो,’ बोर्डका सदस्य […]
काठमाडौं – प्रहरिले राजधानीमा लुटपाटमा संलग्न २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा बझाङ्ग जिल्ला जय पृथ्वी नगरपालिका १ घर भई काठमाडौंको नयाँ बानेश्वर बस्ने वर्ष २१ को सुनिल बहादुर सिंह र सिन्धुपाल्चोक जिल्ला साँगा चोक गढी नगरपालिका २ चौतारा घर भई काठमाडौं कोटेश्वर बस्ने वर्ष ३४ को कृष्ण बहादुर श्रेष्ठ रहेका छन् । […]
जोमसोम – जोन कायम रहेको हिमालपारिको जिल्ला मुस्ताङमा कोभिड-१९ विरुद्धको खोप प्राप्त भएको छ । छिमेकी देश भारतबाट अनुदान स्वरुप प्राप्त खोप नेपाल सरकार मार्फत गण्डकी प्रदेशको सामाजिक विकास मन्त्रालय हुदै मुस्ताङलाई २४० डोज खोप प्राप्त भएको जिल्ला कोभिड-१९ खोप समन्वय तथा अनुमगन समितिकी संयोजक प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् । गण्डकी प्रदेशलाई […]