काठमाडौं – आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ। योसँगै लामिछानेलाई सन् २०२१ को आइपिएलमा अन्य टोलीबाट खेल्ने बाटो खुलेको छ। आइपिएलका सबै फ्रेन्चाइज टोलीले फुकुवा हुने र अनुबन्ध हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेको थियो। आइपिएलको खेलाडी अनुबन्धन (अक्सन) आगामी फेब्रुअरी […]
ललितपुर – अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले ललितपुर जिल्ला फुटबल सङ्घका अध्यक्ष पुरुषोत्तम थापाको निलम्बन फुकुवा गरेको छ । आफ्नो १९औँ साधारणसभाको पूर्वसन्ध्यामा एन्फाले १० महिनापछि अध्यक्ष थापालाई कारवाहीबाट मुक्त गरेको हो । अनुशासनको कारण देखाउँदै थापालाई एन्फाले गत जेठ ५ गते निलम्बन गरेको थियो । थापाले बुझाउनुभएको स्पष्टीकरण चित्तबुझ्दो नभएको भन्दै एन्फाले उनलाई कारवाही […]
काठमाडौं – राष्ट्रिय फुटबल टोलीको बन्द प्रशिक्षणमा रहेका १४ खेलाडी बाहिरिएका छन्। अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले प्रारम्भिक चरणको बन्द प्रशिक्षणमा रहेका ५८ खेलाडीबाट ४४ खेलाडी छनोट गरेको हो। राष्ट्रिय टोलीका कार्यवाहक प्रशिक्षक बालगोपाल महर्जनले एक महिनाको प्रशिक्षणपछि ती खेलाडीको छनोट गरिएको जानकारी दिए। बन्द प्रशिक्षणबाट बाहिरिने खेलाडीमा विमल घर्ति मगर, राजिव लोप्चन, विमल राना, […]
काठमाडौं – घाइते नेपाली फुटबल खेलाडी विमल घर्ती मगर र विक्रम लामाको कतारमा उपचार गरिने भएको छ। राष्ट्रिय फुटबल टोलीका महत्वपूर्ण खेलाडी मगर र लामाको उपचारका लागि अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले कतार फुटबल सङ्घलाई अनुरोध गरेको थियो। कतारले सहमति जनाएपछि अब दुवै खेलाडीको उपचार विदेशमा हुने भएको हो। एन्फा प्रवक्ता किरण राईका अनुसार […]
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीले युनाइटेड अरब इमिरेट्स् (युएई) मा टी–१० क्रिकेट लिग खेल्ने भएका छन्। सोमपाल कामी, करण केसी र कुशल मल्लले युएईमा लिग खेल्न लागेका हुन्। बुधबार राति भएको ड्राफ्टबाट तीनै जनालाई अनुबन्ध गरिएको छ। कामीले मराठा अरबियन्स, केसीले पुने डेभिल्स मल्लले टिम अबुधाबीबाट खेल्ने निश्चित भएको छ। कामीले यसअघि […]
काठमाडौं – नेपालले खेल्ने महिला टी-२० विश्वकप क्रिकेटको एसिया छनोट मलेशियामा हुने भएको छ । नेपालसहित भुटान, चीन, कुवेत, हङकङ, म्यानमार, युनाइटेड अरब इमिरेट्स (यूएई) र मलेसिया सहभागी हुने सो प्रतियोगिता सेप्टेम्बर २० देखि २६ तारिखसम्म सञ्चालन हुनेछ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले सन् २०२३ मा आयोजना हुने महिला टी–२० विश्वकप क्रिकेटका लागि खेल […]
चितवन – चितवनमा निर्माणाधिन गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा गौतमबुद्ध कप-२०२० क्रिकेट प्रतियोगिता सुरु भएको छ। रंगशाला निमार्णस्थलमा रहेको नमुना मैदानमा प्रतियोगिता सुरु भएको हो। शनिबार भएको उद्घाटन खेलमा टिम नारायणी विजयी भएको छ। नारायणीले बागमती टिमलाई सुपर ओभरमा पराजित गरेको छ। सुपर ओभरमा नारायणीले दिएको २६ रनको लक्ष्य पछ्याएको बागमतीले २० रन मात्र जोडेको […]
काठमाडौं – नेपालले विश्वकप फुटबलको छनोट खेल घरेलु मैदानमा खेल्ने भएको छ। नेपाली राष्ट्रिय फुटबल टोलीले विश्वकप छनोटअन्तर्गत दोस्रो चरणका तीन खेल सन् २०२१ को मार्चमा नेपालमै खेल्नेछ। सन् २०२२ मा कतारमा हुने विश्वकप फुटबल तथा सन् २०२३ मा चीनमा हुने एसियन कप फुटबलका लागि छनोट खेल नेपालले आगामी मार्च २५ मा चाइनिज ताइपेइसित खेल्ने […]
काठमाडौं – नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक योहान कालिनले पदबाट राजीनामा दिएका छन् । उनले गत कात्तिक १ गतेदेखि लागू हुने गरी मुख्य प्रशिक्षकबाट राजीनामा दिएका हुन्। बिहीबार बसेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को बैठकले कालिनको राजीनामा स्वीकृत गरेको प्रवक्ता किरण राईले जानकारी दिए। हाललाई बालगोपाल महर्जनलाई निमित्त प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको छ । […]
इलाम – अखिल नेपाल फुटबल संघ (एन्फा)ले इलामको करफोकमा फुटबल प्रशिक्षण केन्द्र निर्माण गर्ने भएको छ । यसका लागि एन्फाले ५८ लाख ५० हजार अनुदान दिने भएको छ । एन्फाको बिहिबार सम्पन्न केन्द्रीय समितिको बैठकले इलामको करफोकसहित ११ जिल्लामा फुटबल प्रशिक्षण केन्द्र स्थापना गर्ने निर्णय गरेको एन्फाका केन्द्रीय सदस्य निरोज खड्गीले जानकारी दिए । केन्द्रीय […]