बुधबार, २ असार २०७८
बुधबार, २ असार २०७८

IT Training Nepal

कालिकोटका वडाध्यक्षमाथि बलात्कारको आरोप

३१ असार, २०७७ ०६:३३ मा प्रकाशित

459 पटक पढिएको

rape illustration

कालिकोट, ३१ असार : खाँडाचक्र नगरपालिका ६ का वडाध्यक्ष जगदिश शाहीले बहिनी नातापर्ने किशोरीलाई बलात्कार गरेको आरोप लागेको हो ।

पीडितका आफन्तले मंगलबार प्रहरीमा उनीविरुद्ध उजुरी दिएका छन् । १६ वर्षीया किशोरीले विगत तीन वर्षदेखि वडाध्यक्षले आफूमाथि निरन्तर बलात्कार गरेको बयान प्रहरीसमक्ष दिएकी छिन् ।

पीडित किशोरीले भनिन्, ‘सुरु सुरुमा बहिनी भनेर अँगालो हाल्ने, माया गर्ने जस्ता व्यवहार गर्दा मैले दाई जस्तै माने । एक दिन बिद्यालयबाट घर फर्किदै गर्दा घरभित्र लगेर बलात्कार गरे ।’ केही दिन अघि गाउँकै एक किशोरीले पीडित किशोरी माथि शाहीले बलात्कार गरेको देखेपछि घटना बाहिर आएको हो ।

घटना सार्वजनिक भए लगत्तै पीडितका आफन्तले शाहीलाई कारबाहीको माग गर्दै प्रहरीमा जाहेरी दिएका हुन् । वडाध्यक्षले घटना लुकाउन पीडित किशोरीलाई पैसाको प्रलोभन देखाउने गरेका बताइएको छ । शाही नेकपाबाट वडाध्यक्ष निर्वाचित भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी श्यामबाबु ओलीका अनुसार वडाध्यक्ष शाहीविरुद्ध मुद्दा दर्ता भएको छ । आफू विरुद्ध प्रहरीमा उजुरी पुगेपछि वडाध्यक्ष शाही सम्पर्कविहीन छन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध भ्रष्टाचार मुद्दा

३० असार, २०७७ १७:२८ मा प्रकाशित

984 पटक पढिएको

dsp ramesh bahadur singh

काठमाडौं, ३० असार : नेपाल प्रहरीका डीएसपी रमेशबहादुर सिंहविरुद्ध भ्रष्टाचार सम्बन्धी मुद्दा दर्ता भएको छ ।

अख्तियार दुरुपयोग अनसन्धान आयोगले नागरिकताको जन्म मिति सच्चाएर झुठा विवरण उल्लेख गरी प्रहरी निरीक्षकमा भर्ना भएको ठहर गर्दै विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार इस्पेक्टरको दर्खास्त दिन जिल्ला प्रशासन कार्यालय, बझाङबाट निकालेको नेपाली नागरिकताको प्रमाण–पत्रमा उल्लिखित जन्म मिति सिंहले सच्चाएका थिए । र, जिल्ला प्रशासन कार्यालय, काठमाडौंबाट झुठो विवरणसहितको प्रतिलिपि निकालेका थिए ।

सिंह यसअघि पनि भ्रष्टाचारको अभियोगमा सफाइ पाएका अधिकृत हुन् ।


यो समाचार पढेर तपाईंलाई कस्तो लाग्यो ? प्रतिकृया दिनुहोस् ।

शेयर गर्नुहोस् ।

Divya Gyan College Eprabidhi Solutions webtrickshome